मेरो उम्मेद्वारी नै तरुण दल, वाइसिएलसहित गठबन्धनका भातृ संगठनको प्रतिनिधित्व हो: दीपक गुरुङ

पाेखरा | कात्तिक २७, २०७९

मेरो उम्मेद्वारी नै तरुण दल, वाइसिएलसहित गठबन्धनका भातृ संगठनको प्रतिनिधित्व हो: दीपक गुरुङ

पोखरा:  कास्की १ (ख) का वाम गठबन्धनका साझा  उम्मेद्वार दीपक गुरुङ माइलाले आफूले टिकट पाउनु नै तरुण दल र वाइसिएल लगायत गठबन्धनका भातृ संगठनको प्रतिनिधित्व भएको बताएका छन । गुरुङ आफै पनि नेविसंघ हुँदै तरुण दल कास्कीको कार्यवहाक सभापति भएर काम गरेका व्यक्ति हुन ।


तरुण दलमा उनी वडा, क्षेत्र हुँदै जिल्ला तहमा पुगेका छन भने पार्टीमा महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य समेत छन । कास्की १ (ख)मा गठबन्धनले कांग्रेसका गुरुङलाई अघि सारेको छ भने (क)मा माओवादीका दीपक कोइराला उमेदवार छन ।


चुनावी अभियानका क्रममा एक कार्यक्रममा बोल्दै गुरुङले आफूहरुलाई पार्टीले युवाहरुको प्रतिनिधित्वको सम्मान गर्दै उम्मेद्वार बनाएको र यसलाई तरुण दल र वाइसिएलले गर्वका साथ लिनुपर्ने बताए ।


“तरुण दल, नेपाली कांग्रेस गठबन्धनबाट मैले टिकट पाएको छु । यसलाई अपनत्व लिएर तपाई तरुण साथीहरु जो खटिनुभएको छ । तपाइहरुलाई धन्यवाद ।” उनले भने, “गठबन्धनका अर्का उमेदवार दीपक कोइरालालाई पनि पार्टीले अगाडि बढाएको छ । यसलाई तरुण दल र वाइसिएलले पनि गर्वका साथ लिनुपर्छ ।” 


पार्टीले दिएको यो स्थानलाई सम्मान गर्दै सबै तरुण दल, वाइसिएल सहित गठबन्धनका सबै दलहरुको भातृ संगठनलाई एकजुट भएर गठबन्धनका उम्मेद्वारलाई जिताउन उनले आग्रह गरे ।


जीतपछि संसदमा “युथ अफ भोइस” को रुपमा आवाज उठाउने उनले प्रतिबद्धता पनि जनाए । “यो सम्पुर्ण युवाहरुको प्रतिनिधीत्व गरेका छौँ । संसदमा पनि हामीले युवाको आवाज, तरुणको आवाज बोल्दै नीति निर्माण कामहरु गर्नेछौँ ।” उनले भने ।

पोखरा:  अडिटर एशोसिएसन नेपाल (अडान) कास्कीको आयोजनामा तीनदिने निरन्तर व्यावसायिक शिक्षा (सीपीई) तालिम सम्पन्न भएको छ। तालिम समापन कार्यक्रम अडान कास्कीका अध्यक्ष गुणानिधि पाण्डेको अध्यक्षतामा सम्पन्न भएक...

थप पढ्नुहोस्

पोखरा:   २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट  गरेको छ ।  पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...

थप पढ्नुहोस्

काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्।  आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्।  स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...

थप पढ्नुहोस्