मेरो उम्मेद्वारी नै तरुण दल, वाइसिएलसहित गठबन्धनका भातृ संगठनको प्रतिनिधित्व हो: दीपक गुरुङ

पाेखरा | कात्तिक २७, २०७९

मेरो उम्मेद्वारी नै तरुण दल, वाइसिएलसहित गठबन्धनका भातृ संगठनको प्रतिनिधित्व हो: दीपक गुरुङ

पोखरा:  कास्की १ (ख) का वाम गठबन्धनका साझा  उम्मेद्वार दीपक गुरुङ माइलाले आफूले टिकट पाउनु नै तरुण दल र वाइसिएल लगायत गठबन्धनका भातृ संगठनको प्रतिनिधित्व भएको बताएका छन । गुरुङ आफै पनि नेविसंघ हुँदै तरुण दल कास्कीको कार्यवहाक सभापति भएर काम गरेका व्यक्ति हुन ।


तरुण दलमा उनी वडा, क्षेत्र हुँदै जिल्ला तहमा पुगेका छन भने पार्टीमा महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य समेत छन । कास्की १ (ख)मा गठबन्धनले कांग्रेसका गुरुङलाई अघि सारेको छ भने (क)मा माओवादीका दीपक कोइराला उमेदवार छन ।


चुनावी अभियानका क्रममा एक कार्यक्रममा बोल्दै गुरुङले आफूहरुलाई पार्टीले युवाहरुको प्रतिनिधित्वको सम्मान गर्दै उम्मेद्वार बनाएको र यसलाई तरुण दल र वाइसिएलले गर्वका साथ लिनुपर्ने बताए ।


“तरुण दल, नेपाली कांग्रेस गठबन्धनबाट मैले टिकट पाएको छु । यसलाई अपनत्व लिएर तपाई तरुण साथीहरु जो खटिनुभएको छ । तपाइहरुलाई धन्यवाद ।” उनले भने, “गठबन्धनका अर्का उमेदवार दीपक कोइरालालाई पनि पार्टीले अगाडि बढाएको छ । यसलाई तरुण दल र वाइसिएलले पनि गर्वका साथ लिनुपर्छ ।” 


पार्टीले दिएको यो स्थानलाई सम्मान गर्दै सबै तरुण दल, वाइसिएल सहित गठबन्धनका सबै दलहरुको भातृ संगठनलाई एकजुट भएर गठबन्धनका उम्मेद्वारलाई जिताउन उनले आग्रह गरे ।


जीतपछि संसदमा “युथ अफ भोइस” को रुपमा आवाज उठाउने उनले प्रतिबद्धता पनि जनाए । “यो सम्पुर्ण युवाहरुको प्रतिनिधीत्व गरेका छौँ । संसदमा पनि हामीले युवाको आवाज, तरुणको आवाज बोल्दै नीति निर्माण कामहरु गर्नेछौँ ।” उनले भने ।

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्